रास्वपा सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

रास्वपा सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी

काठमाडौँ । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शरीरमा भिटामिन(डी कमी भएको पाइएको छ ।
थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी देखिएको हो ।

सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार स्वास्थ्य परीक्षणपछि लामिछानेलाई भिटामिन डी को कमी देखिएको बताए ।

“सभापतिज्यूको रगत परीक्षणको रिपोर्टबारे डा। जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार उहाँको शरीरमा भिटामिन डी को कमी देखिएको छ,” झाले भने,“रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको छ ।”

Leave a Reply