आइटी दैनिक जनजीवनका लागि अपरिहार्य : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

आइटी दैनिक जनजीवनका लागि अपरिहार्य : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताउनुभयो । आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओली आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी रहेको बताउनुभयो । विकासलाई आइटीले तिब्रता दिनुपर्ने उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आइटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको जिकिर गर्नुभ्यो ।

Leave a Reply