चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

एजेन्सी । चीनले बुधवार दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्ष प्रक्षेपण स्थलबाट कम पृथ्वी कक्ष उपग्रहहरूको नयाँ समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

यो उपग्रह समूह इन्टरनेट तारामण्डल गठन गर्ने आफ्नो प्रकारको आठौं, दिउँसो २ : ४३ बजे (बेइजिङ समय) लङ मार्च–५ बी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । जसमा रकेटको शीर्षमा युआनझेङ–२ (अभियान–२) माथिल्लो चरण रहेको थियो ।

उपग्रहहरू सफलतापूर्वक आफ्नो पूर्वनिर्धारित कक्षमा प्रवेश गरेका छन् । यो प्रक्षेपण लङ मार्च शृङ्खला क्यारियर रकेटहरूको ५८८ औं अभियान थियो ।

Leave a Reply