काठमाडौँ ।
कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले गम्भीर लापरबाही भएको औंल्याएको छ ।कारागार कार्यालयको निरीक्षण गर्दै मानव अधिकार आयोगको टोलीले कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ ।
निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही,क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको आयोगको टोलीले बताएको छ । कारागारभित्रका अन्य कैदीबन्दीको अवस्था भने समान्य रहेको आयोगले बताएको छ ।





