एसपी नवीनकृष्ण भण्डारीले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

एसपी नवीनकृष्ण भण्डारीले दिए राजीनामा

काठमाडौँ ।
प्रहरी उपरीक्षक एसपी नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् ।अवकाशको १० दिनअघि नेपाल प्रहरीका प्रहरी उपरीक्षक भण्डारीले पदबाट राजीनामा दिएका हुन् । गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत भण्डारीले ३० वर्षे सेवा अवधि पूरा हुनुभन्दा १० दिनअघि राजीनामा दिएका हुन् ।

प्रहरी जवानबाट सेवा प्रवेश गरेका उनीले २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका थिए । उनी हाल गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । गृह मन्त्रालयले मंगलबार साउन २० उनको राजीनामा स्वीकृत गरिसकेको छ ।

उनको खाली दरबन्दीमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । भण्डारीको राजीनामापछि पटक–पटक बढुवामा छुट्दै आएका थापा सिफारिसमा परेका हुन् ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका थापा अहिले प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन् ।

Leave a Reply