जातीय संकीर्णताले समाज र देश परिवर्तन हुन सक्दैन : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

जातीय संकीर्णताले समाज र देश परिवर्तन हुन सक्दैन : सभापति देउवा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने बताउनुभएकाे हाे।

जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो । सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने उहाँकाे भनाइ छ । उहाँले जातीय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने बताउनुभयो ।

सभापति देउवाले सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्ने बताउनुभयो ।

Leave a Reply