मुलुकमा शान्ति सुरक्षाकाे अवस्था राम्राे भएकाे गृहमन्त्रीकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

मुलुकमा शान्ति सुरक्षाकाे अवस्था राम्राे भएकाे गृहमन्त्रीकाे दाबी

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताउनुभएको छ । शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले सरकारले शान्ति सुरक्षा कायम राखेकाे बताउनुभएको हो ।

उहाँले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिकको जिउ धनको रक्षा गर्ने काममा लागिरहेको बताउनुभयो । उहाँले अपराधको न्यूनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ । अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरु पनि पक्राउ गरिरहेको उहाँकाे भनाइ छ ।

गृहमन्त्री लेखकले लगुऔषध न्यूनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर जानुपर्ने अवस्था रहेको बताउँदै सडक दुर्घटनाको नियन्त्रण गर्नुपर्नेमा जाेड दिनुभयाे ।

Leave a Reply

ताजा समाचार