नेपाली भाषाको गौरव गाउने महान दिन 'भानुजयन्ती' | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

नेपाली भाषाको गौरव गाउने महान दिन ‘भानुजयन्ती’

काठमाडाैं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताउनुभएको छ । आइतबार २१२ औँ भानुजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले नेपाल मात्र नभइ आज दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुने गरेको बताउनुभयो । संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको जिकिर गर्नुभयो ।

भानु जयन्तीमा नेपालीहरुले आफ्नो संस्कृति र भाषाको महत्वलाई अझ उजागर गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । भानु जयन्ती भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित चाड भएको बताउनुभयो ।

सभामुख घिमिरेले नेपाली भाषालाई अझ प्रगतिशिल र विश्व साहित्यको हिस्सा बनाउने प्रण गर्न जरुरी रहेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार