महङ्गो ब्याजको ऋण लिन बन्द गराैँ : पूर्वअर्थमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

महङ्गो ब्याजको ऋण लिन बन्द गराैँ : पूर्वअर्थमन्त्री महत

काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरु लिन नहुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिलेको तरिकाबाट लिइरहेको बाइल्याटरल ऋणले नेपाललाई फाइदा गर्न नसकेको दाबी गर्नुभएको हो ।

पूर्वअर्थमन्त्री महतले नेपालले उदार र महङ्गो दरमा ऋणहरु लिन नहुने बताउनुभयो । बाइल्याटरल ऋणका शर्तहरु नसुहाउँदो रहेको भन्दै उनीहरुकै ठेकदार र उनीहरुलाई छोटो समयमै फिर्ता दिनुपर्ने महङ्गो ब्याजको ऋण लिन बन्द गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले बहुपक्षीय ऋण नेपालले लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताउनुभयो । आफू आन्तरिक ऋण बढाउनै हुँदैन भन्ने पक्षमा नरहेको उहाँको भनाइ छ ।

पूर्वअर्थमन्त्री महतले रिसोर्स बिनाको अनफण्डेट अधिकार खोलिरहेको बताउनुभयो । उहाँले जलवायु वित्त पनि नेपालले न्यून पाइरहेको बताउनुभयो । उहाँले बजेट धेरै विकृत भएकाले शून्यबाट पुनः निर्माण शुरु गर्न जरुरी रहेको बताउनुभयो ।

Leave a Reply