सामाजिक सञ्जाल दर्ता गर्न तीन पटक आह्वान गर्‍यौँ, सधैँ मौन बस्न सक्दैनौँः सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

सामाजिक सञ्जाल दर्ता गर्न तीन पटक आह्वान गर्‍यौँ, सधैँ मौन बस्न सक्दैनौँः सञ्चारमन्त्री

काठमाडाैं ,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइसकेपछि पनि दर्ता नहुने सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने बताउनुभएको छ ।सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत दर्ता नभएको भन्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक निर्माण गरिरहेको बताउनु भयो ।

उहाँले विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरुसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको बताउनु भयो । सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानून मान्नुपर्ने भन्दै विधेयक पास भएसँगै यसको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको कानून नमान्नेहरुलाई सधैँ मान दिएर राख्न नसकिने बताउनु भयो ।

Leave a Reply