सामाजिक सञ्जाल कम्पनी दर्ता गर्ने कानुनी व्यवस्था अाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सामाजिक सञ्जाल कम्पनी दर्ता गर्ने कानुनी व्यवस्था अाउँदै

gokul baskota

काठमाडौं, १८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल कम्पनीहरुलाई नियमनको दायरामा ल्याउन दर्ता गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताएका छन् । सोमबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

यद्यपी उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नियन्त्रण हुनेगरी सरकारले कुनै पनि कानुनी व्यवस्था गर्न नचाहेको स्पष्ट पारेका छन् । सामाजिक मूल्य, मान्यता विपरित हुनेगरी सामाजिक सञ्जाल प्रयोग गर्ने कम्पनीलाई भने सरकारले कडा कार्वाही गर्ने गरी कानुनी व्यवस्था गरिने उनले बताए ।

नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ताहरु रहेका छन् । त्यसैगरी ६० लाख यूटुव प्रयोगकर्ता तथा ४० लाख ट्वीटर प्रयोगकर्ताहरु रहेको पनि मन्त्री बास्कोटाले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);