उकालाे लाग्दै सुनकाे मूल्य, प्रतिताेला नाै सयले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

उकालाे लाग्दै सुनकाे मूल्य, प्रतिताेला नाै सयले वृद्धि

काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबार बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा  नौ सय र चाँदी  ६५ रूपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार पाँच कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Leave a Reply