नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा,प्रतितोला मूल्य १ लाख ९७ हजार १०० रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा,प्रतितोला मूल्य १ लाख ९७ हजार १०० रुपैयाँ

जेठ ३० शुक्रबार ।
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन चार हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ।

यसदिन एक तोला चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave a Reply