जेठ १६ शुक्रबार ।
हेटौंडा–काठमाण्डौ जोड्ने कान्तिलोकपथ सडक खुलेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ मा रहेको बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो ।अवरुद्ध भएको ठाउँमा पुनः डाइभर्सन मर्मत गरिएपछि आज बिहानदेखि गाडी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ ।यस्तै बिहीवार बिहान मकवानपुरको भिमफेदी गाउँपालिका–८ र्भयाङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिरो खसेकामा पहिरो हटाइएको प्रहरीले जानकारी दिएको छ ।




