हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन

२०८२,१,२९

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिजोसम्म ७७ करोड ३५ लाख ८७ हजार नौ सय १५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि एक सय १९ आरोही समूहका दुई सय ४० महिला र आठ सय ८७ पुरुष गरी कुल एक हजार एक सय २७ जनाले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र तीन सय ७२ पुरुष गरी कुल चार सय ५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका एक सय २, ल्होत्सेमा नौ समूहका एक सय ७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा ६ समूहका ७६ र अन्नपूर्णमा ६ समूहका ६६ आरोही छन् ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गर्छन् ।

Leave a Reply