हप्ताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ओरालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

हप्ताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ओरालो लाग्यो

२०८२,१,२८

हप्ताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से इन्डेक्स आइतबार १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६ सय ४९ दशमलव ११ विन्दुमा झरेको हो । आइतबार विकास बैंक, होटल, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ११ अर्ब ६५ करोडको कारोबार भएकोमा आइतबार ३ सय वटा कम्पनीका २ करोड ४० लाख कित्ता शेयर १० अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

ताजा समाचार