निगमले माग्यो बूढीगण्डकीको सेयर | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

निगमले माग्यो बूढीगण्डकीको सेयर

budigandaki

काठमाडौं, २० माघ । नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ ।उसले आंसिक ७० \ ८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकी संस्थागत सेयर माग गरेको जनाएको छ ।निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएको बताए ।

दस बर्षको अवधिमा आयोजनाको लागतको करिब ५० प्रतिशत रकमको जोहो निगमले नै गर्न सक्छ ।यही आधारमा निगमलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो खबर छापिएको छ ।