फागुन २९ बिहिबार ।
होलीको बहानामा मादक र लागुपदार्थ सेवन गरी सवारी साधनमा चलाउने क्रमलाई आज विहानैदेखि कडाइ गरिने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता मापसे भन्दा लागु औषध सेवनकर्ता लापसेबाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ ।
उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने होल्ड गरिने भएको छ ।‘ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ ।
ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ ।होलीका अवसरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा हुने कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
ट्राफिकले काठमाडौं उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ । मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३र४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।काठमाडौं । ट्राफिकले काठमाडौं उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ ।
मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३र४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।
यसैबीच, काठमाडौं उपत्यकामा २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकामा होलीमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।ट्राफिक प्रहरी तथा सादा पोशाक, जनपद र अनुगमन टोली गरी कुल दुई हजार ७०६ जना परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।