संविधान पालना भएमात्रै सबैको हक अधिकार सुनिश्चित हुन्छ, उपाध्यक्ष घिमिरे | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

संविधान पालना भएमात्रै सबैको हक अधिकार सुनिश्चित हुन्छ, उपाध्यक्ष घिमिरे

२०८१,११,२४

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुरा अक्षरस पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताएकी छन्। शनिवार काठमाडौँमा ११५ औँ अन्ताराष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले कानून बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको बताइन्। उनले संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एकजनाको व्यवस्था गरे पनि वा र र को शब्दमा अपव्याख्या गरिएको गुनासो गरिन्।

उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रबाट सबैले संघर्ष गर्नुपर्ने बताएकी छन । सबै मिलेर संघर्ष गरेमात्रै आफ्नो अधिकार सुनिश्चित हुने जिकिर गरिन्। अरूलाई अपमान गर्नु भनेको चेतनास्तर कमजोर हुनु रहेको उनको भनाई छ ।

Leave a Reply

ताजा समाचार