कांग्रेसका शीर्ष नेतासहित १६५ क्षेत्रीय सभापति भैरहवामा | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

कांग्रेसका शीर्ष नेतासहित १६५ क्षेत्रीय सभापति भैरहवामा

२०८१,११,१९

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम हुँदैछ। प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू भैरहवा पुगिसकेका छन्। पहिलो दिन सोमबार सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम छ। प्रशिक्षणमा सहभागी हुन सभापति देउवा भैरहवा जान लागेको सचिवालयले जनाएको छ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार दुई दिन चल्ने प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा पगिसेको छन। प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुनेछ।

प्रशिक्षणका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि आजै भैरहवा पुग्ने जनाइएको छ। गृहमन्त्री रमेश लेखक पनि भैरहवा जाने कार्यक्रम रहेको छ। नेता शेखर कोइराला र मिनेन्द्र रिजाल लगायत नेताहरू भने शनिवारदेखि नै रुपन्देहीमै छन्।

द्घाटनपछि कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधार लगायत उपलब्धि, संविधान र मुलुकको विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्य र आमनिर्वाचन गरी विभिन्न ६ वटा विषयमा प्रस्तुती रहनेछन्।

त्यसक्रममा सहभागीहरूले पनि आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। क्षेत्रीय सभापतिहरूले समेत वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुई जना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

 

Leave a Reply