कांग्रेस—एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

कांग्रेस—एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल

२०८१,९,२३

नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अन्य राजनीतिक दलहरूमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे।

उनले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको उल्लेख गरे। उनले यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने बताए। उनले आजको कारबाही राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी रहेको बताए।

नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका अन्य राजनीतिक दलहरू नहोउन् भन्न खोजेको बताए। अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्नसक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुने बताए।

Leave a Reply

ताजा समाचार