२०८१,९,१०
२५ डिसेम्बर १९९१ सोभियत झण्डा अन्तिमपटक मस्कोको क्रेमलिनमा उड्यो। त्यही दिन विश्वको महाशक्तिको दौडमा रहेको सोभियत संघ १५ देशका विभाजित हुन पुग्यो। सोभियत गणतन्त्रहरू युक्रेन, जर्जिया, बेलारुस, आर्मेनिया, अजरबैजान, काजाकिस्तान, किर्गिजस्तान, मोल्डोभा, तुर्कमेनिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानका प्रतिनिधिहरूले पहिले नै घोषणा गरिसकेका थिए कि उनीहरू अब सोभियत संघको हिस्सा हुने छैनन्।
उनीहरूले स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल स्थापना गर्ने घोषणा गरे। तीन बाल्टिक गणतन्त्रहरू ९लाटभिया, लिथुआनिया र इस्टोनिया० ले पहिले नै सोभियत संघबाट आफ्नो स्वतन्त्रता घोषणा गरिसकेका थिए, यसका १५ गणतन्त्रहरू मध्ये एउटा मात्र रसिया रह्यो।सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभले सोभियत संघको नेताको रूपमा आफ्नो छ वर्षको अवधिमा लागू गरेका ठूलो संख्यामा कट्टरपन्थी सुधारहरूका कारण एक समयको शक्तिशाली सोभियत संघ पतन भएको हो।
यद्यपि, गोर्बाचेभ आफ्नो राष्ट्रको विघटनमा निराश थिए र डिसेम्बर २५ मा आफ्नो पदबाट राजीनामा दिए। यो विश्व इतिहासको लामो, डरलाग्दो र रक्तपातपूर्ण युगको शान्तिपूर्ण अन्त्य थियो।सन् १९१७ मा रुसमा बोल्सेभिक क्रान्ति भयो। यो क्रान्तिले जार निकोलस द्वितीयलाई सत्ताबाट हटायो र रूसी साम्राज्यको अन्त्य भयो। मजदुर र सिपाहीहरूले मिलेर सोभियत संघ बनाए। सोभियत एक रूसी शब्द हो, जसको अर्थ सभा वा परिषद् हो। १९१७ मा सोभियत संघ बन्यो, तर राजनीतिक अस्थिरताको अवधि जारी थियो। पछि भ्लादिमिर लेनिनले सत्ता आफ्नै हातमा लिए। १९२२ मा लेनिनले रूसमा सुदूर राज्यहरू गाभे र यसरी आधिकारिक रूपमा सोभियत संघ स्थापना गरे।
सोभियत संघ, ुसाँचो प्रजातन्त्रको समाजु मानिएको थियो तर धेरै तरिकामा, यो पहिलेको जारवादी निरंकुशता भन्दा कम दमनकारी थिएन। यो एउटै पार्टी – कम्युनिस्ट पार्टी – द्वारा शासित थियो जसले प्रत्येक रूसी नागरिकको निष्ठाको माग गर्यो। १९२४ पछि, जब तानाशाह जोसेफ स्टालिन सत्तामा आए, राज्यले अर्थतन्त्रमा अधिनायकवादी नियन्त्रण प्रयोग गरे।
सबै औद्योगिक गतिविधिहरूको व्यवस्थापन गर्दैैै सामूहिक फार्महरू स्थापना गरे। स्टालिनको नीतिको विरुद्धमा बहस गर्ने मानिसहरूलाई गिरफ्तार गरी श्रम शिविरमा पठाइन्थ्यो जसलाई गुलाग ९१९३० देखि १९५५ सम्म सोभियत संघमा राखिएको श्रम शिविरहरूको प्रणाली० वा मृत्युदण्ड दिइन्थ्यो। १९५३ मा स्टालिनको मृत्युपछि, सोभियत नेताहरूले उनको क्रूर नीतिहरूको निन्दा गरे तर कम्युनिष्ट पार्टीको शक्तिलाई कायम राखे। उनीहरूले विशेष गरी पश्चिमी शक्तिहरूसँगको शीतयुद्धमा ध्यान केन्द्रित गरे।
संयुक्त राज्य अमेरिकासँग महँगो र विनाशकारी ुहतियार दौडु मा संलग्न भई साम्यवाद विरोधी दमन गर्न र पूर्वी युरोपमा आफ्नो वर्चस्व विस्तार गर्न सैन्य बल प्रयोग गर्दै अघि बड्न सुरु गरे।दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच वर्षौंसम्म शीतयुद्ध जारी रह्यो। गोर्बाचेभले एकातिर शीतयुद्ध अन्त्यको श्रेय पाएका छन् भने अर्कोतिर सोभियत संघको विघटन रोक्न नसक्दा असफलताको दाग पनि लागेको छ।
सोभियत संघको स्थापना भइसकेपछि २ मार्च १९३१ मा मिखाइल गोर्बाचेभको जन्म प्रिभोल्नोई गाउँमा भएको थियो। गोर्बाचेभ स्टालिनलाई हेर्दै हुर्केका थिए। १९८५ मा गोर्बाचेभ कम्युनिष्ट पार्टीको महासचिव र सोभियत संघको राष्ट्रपति पनि बने।
गोर्बाचेभ राष्ट्रपति भएपछि सोभियत संघको अर्थतन्त्र ध्वस्त भयो र राजनीतिक संरचना पनि ध्वस्त भयो। गोर्बाचेभले लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको सिद्धान्तमा सोभियत संघको नेतृत्व गर्न चाहन्थे। यसका लागि गोर्बाचेभले राजनीतिक–आर्थिक सुधारको प्रक्रिया सुरु गरे। यसका लागि गोर्बाचेभले दुईवटा नीतिहरू लिएर आए – पेरेस्ट्रिएन्का र ग्लासनोस्ट।
पेरेस्ट्रिएन्काको अर्थ जनताका लागि काम गर्ने स्वतन्त्रता हो र ग्लासनोस्टको अर्थ राजनीति र अर्थतन्त्रमा खुलापन हो। ग्लासनोस्टले पुस्तकहरू र सर्वव्यापी गोप्य प्रहरीमाथि प्रतिबन्ध लगाउने जस्ता स्टालिनवादी दमनका निशानहरू हटाए र सोभियत नागरिकहरूलाई नयाँ स्वतन्त्रता दिए।
राजनीतिक बन्दी रिहा भए। पत्रपत्रिकाहरूले सरकारको आलोचना छाप्न सक्छन्। पहिलो पटक कम्युनिष्ट पार्टीबाहेक अन्य दलले चुनावमा भाग लिन पाउने भएका थिए। सुधारको दोस्रो सेट पेरेस्ट्रोइका वा आर्थिक पुनर्संरचनाको रूपमा चिनिन्थ्यो।
गोर्भाचेभले सोचे सोभियत अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सबैभन्दा राम्रो तरिका सरकारको पकड खुकुलो पार्नु ठाने। उनले विश्वास गरे कि निजी पहलले नवीनता ल्याउनेछ, त्यसैले व्यक्ति र सहकारीहरूलाई १९२० पछि पहिलो पटक व्यवसायको स्वामित्व लिन अनुमति दिइएको थियो।
मजदुरहरूलाई राम्रो ज्याला र अवस्थाको लागि हडताल गर्ने अधिकार दिइएको थियो। गोर्बाचेभले सोभियत उद्यमहरूमा विदेशी लगानीलाई पनि प्रोत्साहित गरे।
स्टालिनको अधिनायकत्व देखेका जनताका लागि यो चकित पार्ने निर्णय थियो। विस्तारै मान्छेहरु खुल्न थाले। मानिसहरूले व्यापार गर्न थाले। जग्गा खरिद गर्न थाले। बजारमा सरकारको नियन्त्रण घटेपछि भाउ पनि बढ्न थालेको थियो। तर, भ्रष्टाचार बढ्यो। घुस नदिई कुनै काम भएन। जनताले सरकारको नीतिको खुलेर विरोध गर्न थालेका छन्।
नयाँ पुस्ताले केही नयाँ गर्ने, विदेशी लगानी आउने, देशको सरकारी खजाना भरिने गोर्भाचेभको विश्वास थियो। १९८८ मा, टाइम पत्रिकाले मिखाइल गोर्बाचेभलाई शीतयुद्ध समाप्त गर्ने कामको लागि ‘वर्ष व्यक्ति’ चयन गरेको थियो। अर्को वर्ष उनलाई ‘दशक व्यक्ति’ नाम दिएको थियो। १९९० मा, गोर्बाचेभले नोबेल शान्ति पुरस्कार जिते।
गोर्बाचेभलाई विश्वास थियो उन्नत सोभियतको अर्थतन्त्र बाँकी विश्व विशेष गरी संयुक्त राज्य अमेरिकासँगको राम्रो सम्बन्धमा निर्भर छ। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सोभियतका राष्ट्रपतिहरुलाई ‘दुष्ट शासक’ को उपमा दिएर शैन्य शक्ति निर्माण गरेका थिए। शितयुद्ध अन्त्यका लागि गोर्बाचेभले हतियारको दौडबाट बाहिर निस्कने वाचा गरे। उनले अफगानिस्तानबाट सोभियत सेना फिर्ता गर्ने घोषणा गरे, जहाँ उनीहरू सन् १९७९ देखि युद्ध लडिरहेका थिए।
उनले पूर्वी युरोपका वार्सा प्याक्ट राष्ट्रहरूमा सोभियत सैन्य उपस्थिति घटाए। तर गोर्बाचेभप्रति जनताको दृष्टिकोण परिवर्तन हुन थालेको थियो। अहिले उनको साथमा थोरै मानिस उभिएका थिए। यो खुलापनको कारण उनको आफ्नै कम्युनिष्ट पार्टीमा उनको विरोध हुन थालेको थियो। मस्को र रूसी गणतन्त्रमा असन्तुष्टि विकास भएको थियो। यसले साम्यवादको अन्त्य भएको संकेत गर्यो।
यो झिल्का बिस्तारै अन्य गणतन्त्रमा पनि पुग्न थाल्यो। बाल्टिक राज्यहरू ९इस्टोनिया, लिथुआनिया र लाटभिया० मा युवाहरूले स्वतन्त्रताको माग गर्न थाले। ६ सेप्टेम्बर १९९१ मा यी तीन देशहरूले आफूलाई स्वतन्त्र घोषणा गरे। विस्तारै अजरबैजान, जर्जिया, आर्मेनिया, युक्रेन र मोल्दोभामा पनि प्रदर्शन सुरु भयो। सबैको एउटै उद्देश्य थियो – सोभियत रूसबाट अलग अस्तित्व। विस्तारै सबै देशले आफूलाई स्वतन्त्र घोषणा गर्न थाले।
२१ डिसेम्बर १९९१ मा सोभियत संघबाट अलग भएका सबै देशका राष्ट्रपतिहरूलाई बोलाएर सम्झौतामा हस्ताक्षर गरियो। यससँगै सबै देशले औपचारिक रूपमा स्वतन्त्रता पाए। २५ डिसेम्बर १९९१ को साँझमा, गोर्बाचेभ स्थानीय समय अनुसार ७।३५ बजे राष्ट्रिय टिभीमा देखा परे। सोभियत संघको झण्डा क्रेमलिनबाट तल झारिएको थियो र सोभियत संघको राष्ट्रिय गान अन्तिमपटक बजाइएको थियो। साँझ ७स्४५ बजे रुसी झण्डा फहराइएको थियो।