वामदेवलाई भित्र्याउन माधव नेपालको पहल, भैँसेपाटीमा साढे २ घण्टा वार्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

वामदेवलाई भित्र्याउन माधव नेपालको पहल, भैँसेपाटीमा साढे २ घण्टा वार्ता

२०८१,९,५

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहिबार बेलुकी भेटवार्ता दुई घण्टा वार्ता गरे। पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको विषयमा छलफल गरिएको छ।

एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीसहितको उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्नेबारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ।

करिब दुई घण्टा लामो भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल गरिएको नेता प्रमेश हमालले बताए।

Leave a Reply