लोडसेडिङ छैन, उद्योगहरूको विद्युत् काट्नुको कारण अरू नै हो ः कुलमान | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

लोडसेडिङ छैन, उद्योगहरूको विद्युत् काट्नुको कारण अरू नै हो ः कुलमान

२०८१,९,३

नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्।न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताएका हुन्।

उनले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको बताए। धेरै विद्युत् खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत् आयात गर्न नदिएको उनको भनाइ छ।

उनले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताए। उनले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५र६ महिना लाग्ने बताए।अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ।

उनले भने, ‘दुईतीन दिनदेखि प्रशारण लाइनमा समस्या आएको थियो। ढल्केवरबाट नवलपुरसम्मको प्रशारण लाइनमा एउटा सर्किट चुँडिएको कारणले ६, ७ वटा टावरमा मर्मत गर्नुपर्ने भयो। अर्को, हिउँदमा भारतबाट विद्युत आयातका लागि जुन सहमति भएको छ, त्यो दिउँसो र राति आयात गर्ने सहमति भएको छ। बेलुका पाँच बजेदेखि राति ९ बजेसम्म पिक टाइम भन्छ, त्यो पिक टाइममा हामीलाई इम्पोर्ट गर्न दिएको छैन। त्यसकारण हामीले केही उद्योगहरुमा विद्युत कटौटी नगरिकन दिन सकिँदैन।ु

कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मेगावाट मात्र विद्युत उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताए। उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरुमा विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको बताए। अन्य ग्राहकहरुले लोडसेडिङको समस्या झेल्नु नपर्ने उनको भनाइ छ।

उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरुमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भए पनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको बताए।

उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए। उनले पिक समयमा भने उद्योगहरुमा विद्युत् कटौती नगरी सुक्खायाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने बताए।

उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए। लोडसेडिङ हुने चरणमा नरहेको उनले स्पष्ट पारे।
toto slot
slot maxwin
slot online terbaru
k1togel
bandar togel online
daftar togel slot
agen toto resmi

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);