प्रदेश प्रमुखलाई सुरक्षाकर्मी 'सकस' | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

प्रदेश प्रमुखलाई सुरक्षाकर्मी ‘सकस’

surakasha karmi

काठमाडौं, १७ माघ । बाबुहरु मलाई खासै सुरक्षा थ्रेट पनि छैन, बरु भोलि विहानै आए हुन्छ, अहिले आफ्नो घर जानुहोस् ।प्रदेश ६ प्रमुख नेपाली दुर्गाकेशर खनालले आफ्नो सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीलाई एक साताअघि भनेको वाक्यांश हो यो ।यसो भन्नुमा उनको बाध्यता थियो । कठ्यांग्रिदो चिसो अनि निवासमा सुरक्षाकर्मीका लागि बस्ने ठाउँ नहुनु ।

मलाई त केहि छैन, विचार यी बाबुहरु सेनालाई अहिले पनि उस्तै समस्या छ, मंगलबार खनालले सञ्चारमाध्यमसामु मुख खोले, सरकारका तर्फबाट केहि पनि व्यवस्थापन भएको छैन ।मर्यादाक्रममा प्रदेशको पहिलो नम्बरमा रहने प्रदेश प्रमुख नियुक्त गरे पनि सरकारले उनको निवास तथा कार्यालय व्यवस्थापनमा भने बेवास्ता गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार