२०८१,६,४
इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा हवाई आक्रमण गरी हिजबुल्लाहले तयार पारेको एक सय वटाभन्दा धेरै रकेट लन्चर नष्ट गरेको दाबी गरेको छ ।यी रकेट इजरायलतर्फ आक्रमण गर्नका लागि तयारी अवस्थामा राखिएका इजरायली रक्षा बल ९आईडीएफले बताएको बीबीसीले जनाएको छ ।
आईडीएफले दक्षिणी लेबनानमा रहेको हतियार गोदामहरूलाई पनि हवाई आक्रमणको निशाना बनाएको बीबीसीको खबरमा उल्लेख छ ।लेबनानको सरकारी ुनेशनल न्युज एजेन्सीु ले इजरायलले हिजो बेलुका ५२ पटक हवाई आक्रमण गरेको र लेबनानले पनि उत्तरी इजरायलमा आक्रमण गरेको बताएको छ ।
यसअघि लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने तीन हजार जनाभन्दा धेरै घाइते भएका थिए ।ताइवानले लेबनानको विद्रोही समूह हिजबुल्लाहका सदस्यले प्रयोग गर्दै आएका हाते पेजर विस्फोटमा स्पष्टीकरण दिएको छ । ताइवान सरकारले ती पेजरका पूर्जा आफ्नो देशमा नबनेको बताएको बीबीसीको खबरमा उल्लेख छ ।पेजरहरू ताइनावमा बनेको खबर सार्वजनिक भएपछि ताइवानी कम्पनी ुगोल्ड अपोलोटु ले पेजर विस्फोट भएका उपकरण आफूले नबनाएको बताएको थियो ।