डुुवानले सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

डुुवानले सास्ती

डुुवानले सास्ती
दुुई दिनदेखिको लगातार वर्षाका कारण कैलाली जिल्लामा १ हजार ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका १०२ जना विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका, घोडाघोडी नगरपालिकाको ,गौरीगङ्गा नगरपालिका रकैलारी गाउँपालिकाका बस्ती डुबानबाट प्रभावित भएका छन् । भजनीका १४ र कैलारीका ५ परिवार विस्थापित भएका हुन्। विस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन्। कैलारीका १०
परिवालाई वडा कार्यालयमा र अन्यलाई सुरक्षित स्थानमा सारिएको छ ।

डुबान प्रभावित परिवारले खानेपानीका लागि प्रयोग गर्दै आएको ट्यूबवेल (ह्याण्ड पम्प) समेत डुबानमा परेपछि आइपरेको खानेपानीको समस्या समाधान गर्न जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा खानेपानी उपलब्ध गराइएको छ । प्रमुख जिल्ला अधिकारीे प्रजिअ नेतृत्वको टोलीले डुबान प्रभावित क्षेत्रको वस्तुस्थिति र भइरहेको उद्धारको अनुगमन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीबाट डुबान प्रभावित क्षेत्रमा स्थानीयवासीको उद्धार गरेको हो । डुबानको जोखिम अझै रहेकोले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

२ दिनदेखिको वर्षासँगै कैलालीको कटैनी, शिवगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायतका नदीमा बढेको पानीको बहाव पसेपछि आसपासको बस्तीमा डुबानमा परेको हो । पानीको निकास हुन नपाउनेगरी पूर्वपश्चिम हुलाकी राजमार्गको कतिपय भागको सडकखण्ड निर्माण गरेका कारण डुबानमा पर्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन्। उनीहरूले पानी निकास हुनेगरी हुलाकी राजमार्ग खण्डमा आवश्यक संरचना निर्माण गर्नुपर्ने माग गरेका छन् । डुबानका कारण विस्थापित कतिपय स्थानीयवासीका लागि भने पूर्व–पश्चिम हुलाकीराजमार्गअन्तर्गतको कैलालीको कतिपय ठाउँको सडकखण्ड भने सुरक्षित वासस्थानका रुपमा देखिएको छ ।डुबान हुँदा अग्लो स्थानमा रहेको यो राजमार्गमा त्रिपालको टहरा बनाएर बाढी प्रभावितहरु बस्ने गरेका छन्।

Leave a Reply