मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाएनन् विश्वासको मत,प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाएनन् विश्वासको मत,प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान

आह्वान मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको उल्लेख छ ।

विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति शुक्रबार बिहान १० बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न भनिएको छ ।

बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० र विपक्षमा भने ५३ मत परेपछि सरकार ढलेको हो । सरकार जोगाउन मुख्यमन्त्रीलाई
५४ मतको आवश्यक थियो ।

योसंगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ । अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी छ ।०००

Leave a Reply