केही दिनयता आएको हावाहुरीले चितवनको केराखेतीमा ठूलो क्षति पु¥याएको छ ।
चितवन केरा उत्पादक संघका अनुसार हावाहुरीका कारण २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।
फल लाग्ने समयमा ४० लाख ८७ हजार पाँच सय बोट केरामा क्षति पुगेको बताईएको छ । संघका अनुसार हावाहुरीका कारण १२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
७० किसानको केरा पूर्णरूपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको छ । क्षति भएका मध्ये ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको बताईएको छ ।
बिमा गरेका किसानले क्षति भए बापत केही रकम पाउने भएपनि बिमा नगरेका किसानको भने पूर्ण क्षति हुने संघले जनाएको छ ।
जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । त्यहाँका ७०० किसानले केरा खेती गरेका छन् । ०००