आज नेकपा एमालेका नेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

आज नेकपा एमालेका नेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी मदन भण्डारी र जीवराज आश्रितको स्मरण गर्दैछन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

रहस्यमय जीप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक–पटक आलोचना हुँदै आएको छ ।

जीप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको निधन भए पनि जीवित रहेका चालक अमर लामाको ०६० सालमा लामाको हत्या भएपछि घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन् ।

अझै भन्नु पर्दा रहस्यमी यो प्रकरणको वास्तविक तथ्य उजागर गर्न राज्यले कहिले पनि गम्भीरप्रयास गरे कै छैन । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);