काठमाडौं,२८ चैत्र । सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा काँग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ । गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसद अबरुद्ध गर्न थालेको छ । तर एमालेले भने गृहमन्त्री निर्दोष रहेको भन्दै छानबिन समिति बनाउन नपर्ने अडान लिएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठक बस्नु अगाडी कांग्रेसका नेतासहित प्रमुख सत्तारुढ दलका नेताहरुबीच सो विषयमा छलफल हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि निर्दोष रहेको भन्दै समिति गठन नहुने बताएका थिए । ओलीले गृहमन्त्रीलाई मात्र बचाउन खोजेका होइनन उनले एमालेका नेताहरुलाई समेत जोगाउन खोजेको बताइएको छ । स्रोतका अनुसार एमालेका नेता कार्यकर्ताहरु सहकारी काण्डमा मुछिन सक्ने देखिएपछि उनले त्यस्तो रणनीति लिएका हुन् ।
एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टिकरण संसदबाट दिनका लागि काँग्रेस सहमत हुनुपर्ने बताउनुभएको हो । काँग्रेसले मंगलवार उहाँमाथि लागेको आरोप छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो । एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि काँग्रेस तयार हुनुपर्ने बताउनु भयो । उहाँले अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको काँग्रेसलाई नसुहाउने जिकिर पनि गर्नुभयो ।
प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘भोलि त फेरि पनि बैठक छ । भोलीको बैठक पनि यहीँ अवस्था हुने खतरा छ । प्रमुख प्रतिपक्षलाई हाम्रो आग्रह के हो भने गृहमन्त्रीले यत्रो देशमा डढेलो लागि रहेको छ । विभिन्न खालको शान्ति सुरक्षाको कुरा छ । कतिपय जिल्लाहरुमा कफ्र्यूको अवस्था छ । त्यो बारेमा बताउन खोज्दाखेरी कम्तिमा पनि गृहमन्त्रीका बारेमा सुनौ । उहाँसँग लागेका प्रश्न छन भने त्यो पनि सुन्ने धैर्यता राखौं । लोकतन्त्र भनेको आफूले मात्रै कुरा सुनाउने होइन । आफूले कसैलाई आरोपित गरेको छ भने निज व्यक्तिहरुले आफ्ना बारेमा पनि बताउने त्यो ठाउँ हो ।’
प्रमुख सचेतक बर्ताैलाले काँग्रेसले जन सरोकारका विषयमा छलफल गरेर महत्वपूर्ण कानूनहरु निर्माण गर्नुपर्ने संसद अवरुद्ध गरेर गल्ती गरेको दोहो¥याउनु भयो ।