काठमाडौं,२० चैत बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास बिमस्टेक बडा पत्रको प्रावधानमाथि
संसदमा छलफल शुरु भएको छ ।
.मंगलवार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले सम्बन्धमा छलफल शुरु
गरिएको हो ।
बैठकमा सांसदहरुले बिमस्टेकबाट नेपालले प्राविधिक, शैक्षिक र अनुसन्धानको क्षेत्रमा फाईदा लिन सक्ने, नेपालको सार्वभौमिकतामाथि आँच आउने कुनै पनि प्रावधान नभएको भन्दै यसमा भारतको बढि चासो भएको कारण देशको हितमा परिचालन गर्न सरकारले विशेष जोड दिनुपर्ने बताए ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजि श्रेष्ठले बिमस्टेक बडा पत्रको प्रावधानमाथि छmफल गर्न प्रस्ताव राख्नु भएको हो ।
०००