महालेखापरीक्षकमा सिफारिस रायामाथि १० दिने उजुरी आह्वान | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

महालेखापरीक्षकमा सिफारिस रायामाथि १० दिने उजुरी आह्वान

काठमाडौं,२० चैत्र । महालेखापरीक्षकमा सिफारिस गरिएका तोयम रायाको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकले उहाँमाथि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषदको चैत्र १८ गते आईतवार (हिजो) बसेको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको थियो । संवैधानिक परिषद्को सोही निर्णयको पत्र प्राप्त भएकाले सुनुवाई प्रक्रियाका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सदस्य महेश बर्ताैलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो संवैधानिक परिषद्को बैठकबाट महालेखापरीक्षकका लागि तोयम रायालाई सिफारिस गरेको छ । सुनुवाईका लागि सुनुवाई समितिमा उहाँको नाम प्राप्त भएपछि आज हामीले संसदीय सुनुवाई समितिको बैठक बसेर १० उहाँका बारेमा कुनै टिप्पणी छ भने जनगुनासो केही छन् भने जनताको बीचमा त्यो सूचना सार्वजनिक गर्ने निर्णय गरेका छौं । १० दिनको म्याद भित्र उहाँउपर आउने विभिन्न खालको उजुरीहरु जे जस्तो रहन्छ । त्यो हामीले कलेक्शन गरिसकेपछि त्यस उपर सुनुवाईको प्रक्रिया अघि बढाउनेछौं ।’

रायामाथि उजुरी परेमा उजुरीकर्तासँग छलफल पनि हुनेछ । त्यसपछि संसदीय समितिले उहाँको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले महालेखापरीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखापरीक्षकको पदावधि ६ वर्षको हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);