प्रदेश प्रमुख शेरचनद्वारा रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

प्रदेश प्रमुख शेरचनद्वारा रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

रुपन्देही,२८ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गर्नुभएको हो ।

गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी शुभारम्भ गर्नुभयो । गत ३० जेठमा रंगशाला निर्माणको शिलान्यास भएको थियो । आठ महिनापछि रंगशालाको मैदानको निर्माण कार्य सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो ।

मैदान उद्घाटन भएसँगै आजबाट लिजेन्ड्स कप पनि शुरु हुँदैछ । नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिष्पर्धा हुनेछ । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफूले रंगशालाको निर्माणमा आगामी दिनमा पनि पूर्ण सहयोग गर्ने बताउनु भयो ।

उहाँले रंगशालामा प्रदेश सरकारले गर्नुपर्ने काममा सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);