पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै असन्तुष्टि व्यस्त, महानिरीक्षकलाई ६ बुँदे ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै असन्तुष्टि व्यस्त, महानिरीक्षकलाई ६ बुँदे ज्ञापनपत्र

काठमाडौं, २४ फागुन । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरुको कल्याणका लागिएकदमै कम रकमदिने गरेको भन्दै असन्तुष्टि जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकोषमापूर्व प्रहरीहरुको ६० प्रतिशतभन्दा बढी योगदानहुँदाहुदै पनिपूर्व प्रहरीहरुको कल्याणमा न्यून रकममात्र छुट्याई ठूलो रकमहिनामिनाभइरहेको बताएको हो ।

‘मूलधनसमेत मासेर कमिसनकालागि ट्याङ्क, जमिन, उपकरण आदिकिन्ने र पेट्रोल पम्पहरु लगाई कोषको दुरुपयोग गर्ने कामभएको छ भन्ने बाहिर चर्चा रहेको छ जसको एक उदाहरण पूर्व प्र.म.नि. तथाकोषका संरक्षक ओमबिक्रम राणालाई अदालतबाटै कल्याणकोषको दुरुपयोग बापत जेल सजाय भएबाटै पनि प्रमाणित भएको छ,’– पूर्वप्रहरी संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरी कल्याण कोषबाटमूलधननमासी सो कोषको व्याजबाट मात्रै कल्याणका कामहरु गर्नुपर्नेमामूल धनबाटै जथाभाबी र बद्नियतपूर्वक लगानीहुनथालेको पूर्व प्रहरी संगठनको निश्कर्ष छ । नेपालभूतपूर्व प्रहरी संगठनका केन्द्रीयअध्यक्षवसन्तराजकुँबरले कल्याणकारी कोषमा नेपाली सेनाको ७६ अर्ब, सशस्त्रको ४ अर्बभन्दामाथिहुँदा ३२ वर्षमा नेपालप्रहरीको ४ अर्बमात्रहुनुले भ्रष्टाचार र अपचलनको आशंकागर्ने ठाउँ प्रशस्त रहेको बताए ।

नेपाल प्रहरीको कल्याणकारी कोषले पूर्व प्रहरीहरुका लागि थोरै रकम छुट्याउँदा स्वास्थ्य सेवामा असर परेको उनको भनाइ छ । ‘यो समस्या कहाँबाट आयो भने पूर्व प्रहरीहरुले आफ्नो अस्पतालमा पैसा तिर्नुपर्यो । पूर्व प्रहरीहरु ४५ हजारजति पेन्सनखाने छन् । अरु २० हजार बीचमै छाडेका छन् । पूर्व प्रहरीहरुलाई उपचारमाकिन पैसा तिर्नुपर्यो त भन्दात्यहाँ कल्याण कोषबाट २ करोडमात्रै दिएको रहेछ,’– उनले भने ।

उनले प्रहरीको उक्तप्रकरणलाई ललितानिवासजस्तै अर्को प्रकरणको संज्ञा दिए । आफूहरुले कोषको उक्त पैसा के–कसो हो छानविन गरौंभन्दा छानविन समिति गठन गर्नसमेत कोहीतयार नभएको बताए । आफूहरुले पटक–पटक पूर्वप्रहरीहरुको हकमा कल्याण कोषबाट न्यायोचितबितरण गरियोस् भनीप्रहरी प्रधानकार्यालयमापत्राचारगर्दापनिमागहरु सम्बोधननभएको उनले बताए । आफ्नावर्गमाथिप्रहरी कल्याणकोष व्यवस्थापन सञ्चालक समितिले घोर अन्याय गरेको पूर्व प्रहरी संगठनको ठहर छ ।

आफूहरुले आजकै मिति बाट “प्रहरी कल्याणकोषकोन्यायोचितबितरण गर’’ भन्ने नारासहित देशव्यापीआन्दोलन र विरोध कार्यक्रम अघि बढाएको अध्यक्षकुँबरले बताए । पूर्व प्रहरी संगठनले देशका सबै जिल्लाप्रशासनकार्यलाय र अन्यकार्यालयमार्फत प्रहरी महानिरीक्षकलाई ६ बुँदे माग पेश गर्न लागेको उनले बताए ।

Leave a Reply