अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता कहिलेदेखि होला ? | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता कहिलेदेखि होला ?

काठमाडौं,२४ फागुन । नेपाल खुला अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता आगामी फागुनको अन्तिम साता हुने भएको छ ।

पिकलबल एशोसिएशन नेपालको आयोजनमा आगामी फागुन २५ र २६ गते ललितपुरमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितामा आयोजक नेपालसहित बेलायत, अमेरिका, भारत, सिंगापुर र थाइल्याण्डलगायत आठ देशका कुल एक सय २० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कोर्टमा सञ्चालन हुनेछन् । त्यसका लागि १६ वटा पिकलबल कोर्ट तयार पारिएको छ । एमेच्योर, इन्टरमिडियट र एडभान्स तीन विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यस प्रतिष्पर्धामा १९, ३५, ५० र ६० वर्षमाथि उमेरसमूह रहनेछ । पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्सका खेल फागुन २५ गते हुने तय छ । पुरुष एकल र महिला एकल तर्पmका खेलहरू हुने फागुन २६ गते हुने तालिका छ । फागुन २६ गते नै सबै समूहका फाइनल हुने आयोजकले जनाएको छ । नेपाल सुपर लिग (एनएसएल) मुख्य प्रायोजक रहेको प्रतियोगितालाई काठमाडौं वल्र्ड स्कुल, यामाहा नेपाल, साड्रिला होटल एन्ड रिसोर्ट, पार्क भिलेज रिसोर्ट, तामरिन रेस्टुरेण्ट, साड्रिला डेभलपमेन्ट बैंकले प्रायोजन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);