काठमाडौं,२१ फागुन । संस्कृत विद्या संन्यास आश्रम भैरहवाले महाशिवरात्रीको शुभअवसरमा “एकादश (११) ब्राह्मणहरुद्धारा महारुद्राभिषेक”को आयोजना गर्ने भएको छ । आगामी फागुन २५ गते कृष्णपक्ष त्रयोदशीका दिन महाशिवरात्रीको अवसरमा रुपन्देहीको सिद्धार्थ नगरपालिका–३ भैरहवामा नेपालकै एकमात्र प्राचिन महामृत्युञ्जय मन्त्र मन्दिरमा सो पवित्र कार्यको आयोजना गरिएको हो ।
आश्रमले एकादश (११) ब्राह्मणहरुद्धारा अखण्ड रुद्राभिषेकमा सम्पुर्ण नेपालीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध पनि गरेको छ । सो महानकार्यमा कर्ता बन्न इच्छुकहरुले आफ्नो नाम,गोत्र,इच्छा–कामनासहित आफ्नो पूजाको समय तोकेर ११ हजार भन्दा माथिको रसिद लिनुपर्ने आश्रमले व्यवस्था गरेको छ ।
यदि कसैलाई अहोरात्र नै कर्ता बनी पुण्यलाभ गर्न चाहेमा ५१ हजार रुपैयाँ भन्दा माथिको रसिद लिनुपर्नेछ । त्यसैगरी, आश्रमले देश–विदेशमा रहनेहरु सो महान कार्यमा कर्ता बन्न चाहानेहरुका लागि अनलाइन मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरेको छ ।
आश्रमका अनुसार रसिदका लागि संस्कृत विद्या सन्यास आश्रमको साइन रेसङ्गा डेभलपमेन्ट बैंक लि.को खाता नम्बर (०४२००१००२२४७८३०००००१) आवश्यक रकम पठाइदिन सकिनेछ । सो कार्यक्रममा पीठाधीश श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराजजीहरुको सानिध्यमा महाशिवरात्रि रुद्राभिषेक हुँदैछ । कार्यक्रम २५ गते बिहान ७ बजे सुरु भएर २६ गते बिहान ४ बजेसम्म सञ्चालन हुनेछ ।