वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहमतिपछि कर्मचारी काममा फर्किए | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहमतिपछि कर्मचारी काममा फर्किए

bp koirala pratisthan dharan

काठमाडौं,२८ माघ । एक महिनादेखि काम छाडेर आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । रोकिएको बढुवा प्रक्रियाको अन्तरवार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी काममा फर्किएका हुन् ।

शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले छ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने निर्णय गरेपछि शनिबार उपकुलपतिको कार्यलयमा भएको छलफलले आन्दोलन फिर्ता लिने र शिक्षक कर्मचारी काममा फर्किने सहमति भएको हो । उपकुलपति कार्की र आन्दोलनरत पक्षबीच भएको सहमतिमा स्थगित भएको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्ने र नतिजा एक साताभित्र प्रकाशन गर्ने,आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारवाही नगर्ने, शिक्षक कर्मचारी र विद्यार्थीको आन्दोलन फिर्ता भएको उल्लेख छ । वर्षाैदेखि रोकिएको बढुवा प्रक्रिया सञ्चालनको माग गर्दै शिक्षक कर्मचारी पटक पटक आन्दोलनमा उत्रेपछि प्रतिष्ठानले २०७९ पुस २० र माघ २५ गते बढुवाका अन्तर्वार्ताको सूचना निकालेको थियो । तर बढुवा प्रक्रिया रोकिएको थियो ।

रोकिएको बढुवा प्रक्रिया बारेमा निर्णय गर्न भन्दै २५ पुसमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । तर उपकुलपति कार्कीले बैठक नराखेपछि शिक्षक कर्मचारी २९ पुसदेखि काम छाडेर आन्दोलनमा उत्रिएका थिए । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उपकुलपति कार्की अन्तर्वार्ता गर्न तयार हुनु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);