काठमाडौं, ३ माघ ||
केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा दुई विदेश टोलीसहित नेपालका ‘ए’ डिभिजन क्लव खेल्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप काठमाडौंमा हुँदैछ । यस पटक भुटान र भारतका क्लवले पनि खेल्ने आयोजकले जनाएको छ । बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नकआउटका आधारमा हुने प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताका खेलहरू च्यासल, र दशरथ रंगशाला हुने भएको छ । सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा खेलाइने भएको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । म्यान अफ दी म्याचले १५ हजार र हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष सम्पन्न पहिलो संस्करणमा मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
दुई विदेशी टोलीसहित ए डिभिजन क्लवले केपी ओली कप खेल्ने
ताजा समाचार
लियो जिल्ला परिषद् ३२५ एलकाे सम्मेलन शनिबार हुने
१६ घन्टा अघि
‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’
१७ घन्टा अघि
प्रधानमन्त्रीद्वारा जानकी मन्दिरमा पूजाअर्चना
१८ घन्टा अघि




