२७ वर्षपछि सनी–सलमान ‘सफर’मा सँगै देखिने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

२७ वर्षपछि सनी–सलमान ‘सफर’मा सँगै देखिने

काठमाडौं,२६ पुस । बलिउड स्टारहरु सनी र सलमान २७ वर्षपछि फेरि ठूलो पर्दामा सँगै देखिने भएका छन् । ठूला स्टारले अभिनय गर्ने फिल्ममा केही चर्चित स्टारको अतिथि भूमिकाले अचम्मको काम गर्छ । चाहे त्यो शाहरुख खानको फिल्म पठानमा टाइगर अर्थात् सलमान खानको अतिथि भूमिका होस् वा फिल्म टाइगरमा शाहरुख खानको दमदार एन्ट्री होस् ।

क्यामियो वा अतिथि भूमिकामा कलाकारको आगमनले फिल्मको कथामा नयाँपन ल्याउँछ । पठानपछि सलमान अब अभिनेता सनी देओलको फिल्ममा केमियोमा देखिनेछन् । २७ वर्षअघि रिलिज भएको फिल्म जीतमा दुवै एकसाथ पर्दामा देखिएका थिए ।

अब धेरै वर्षपछि दुबै सन्नी स्टारर फिल्म सफरमा सँगै देखिदैछन् । रिपोर्टका अनुसार सलमानले यस हप्ताको शुक्रबार र शनिबार मुम्बईको मेहबुब स्टुडियोमा यस फिल्मको आफ्नो भागको सुटिङ पूरा गर्नेछन्। फिल्मको एउटा दृश्यलाई दुवै कलाकार एउटै फ्रेममा हुनु पर्ने गरी डिजाइन गरिएको छ ।

यसमा सलमान आफ्नै भूमिका निर्वाह गरिरहेका छन् । सफार फिल्म यसै वर्ष मात्र रिलिज हुनेछ । यसपछि सन्नीले आमिर खानद्वारा निर्मित फिल्म लाहोर १९४७ को सुटिङ सुरु गर्नेछिन् । सलमानले करण जोहरको प्रोडक्सन द बुल, सूरज बडजात्याको प्रेम की शादी र यशराज फिल्म्सको टाइगर भर्सेस पठानको सुटिङ सुरु गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);