काठमाडौँ,२४ पुस । आज नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।
प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार सञ्चार मन्त्री रेखा शर्मा समक्ष राजीनामा दिएका हुन् ।
खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् । पछिल्लो समय प्राधिकरणमा विभिन्न विषयमा विवाद भइरहेको छ । विवादकै बिच खनालले दिएको राजीनामालाई अर्थपुर्ण तरिकाले हेरिएको छ ।




