कोशीमा सभामुखको निर्वाचन आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कोशीमा सभामुखको निर्वाचन आज हुँदै

काठमाडौं,२४ पुस । कोशी प्रदेशसभामा सभामुख पदको लागि आज निर्वाचन हुँदैछ ।

आज दिउँसो ३ बजे निर्वाचन गर्ने दलहरुले निर्णय गरेका छन् । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसुची प्रकाशित गर्ने निर्णय गरेको हो ।

सभामुख छनौट गर्न सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच बिहानैदेखि छलफल भइरहेको छ ।

सत्तारुढ गठबन्धनको सहमतिअनुसार सभामुख राप्रपाले पाउने छ । राप्रपाले पनि अम्बरबहादुर बिष्टलाई सभामुख बनाउने निर्णय गरेको छ ।

सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको समेत बैठक जारी रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);