चालु आर्थिक वर्ष नेपालमा सवा ५७ लाख मेट्रिक टन धान फलेको अनुमान | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

चालु आर्थिक वर्ष नेपालमा सवा ५७ लाख मेट्रिक टन धान फलेको अनुमान

काठमाडौं,२४ पुस । चालु आर्थिक वर्ष ०८०/८१ मा नेपालमा धान उत्पादन बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा धानको उत्पादन चार दशमलव ३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार मेट्रिक टन पुगेको प्रारम्भिक अनुमान गरेको हो ।

यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव शून्य आठ प्रतिशतले बढी हो । धान उत्पादन बढे पनि धान लगाउने जमिन भने घटेको मन्त्रालयले जनाएको छ । धान लगाएको क्षेत्रफल गएको वर्षको तुलनामा शून्य दशमलव ६१ प्रतिशतले कम छ ।

१४ लाख ३८ हजार नौ सय ८९ हेक्टरमा यो बर्ष धान लगाइएको भएको मन्त्रालयले जनाएको छ । धानबालीको औसत उत्पादकत्व गएको वर्षको तुलनामा झन्डै पाँच प्रतिशतले बढेर तीन दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।

उन्नत बिउको उपलब्धता, रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट धान बालीमा कम नोक्सानी, मलखाद र कृषि औजारको सहज उपब्धतालगायतका कारण उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै धान उत्पादन कोशी प्रदेशमा हुँदा सबैभन्दा कम कर्णालीमा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);