बालकुमारीबाट पक्राउ परेका ७३ जना रिहा | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

बालकुमारीबाट पक्राउ परेका ७३ जना रिहा

काठमाडौं, १५ पुस । ललितपुरको बालकुमारीबाट पक्राउ परेर प्रहरीको नियन्त्रणमा रहेका ७३ जनालाई रिहा गर्ने भएको छ ।

गत पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् । भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२झ नम्बरको गाडी जलाएको र भौतिक सम्पत्ति तोडफोड गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर २ जना युवकको मृत्यु भएको छ । यद्यपि प्रहरीले भने गोली नचलाएको दाबी गरिेरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);