इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा मुद्दा दायर

एजेन्सी,१५ पुस । दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरू बिरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ ।

संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर गरेको छ ।

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रको अदालतलाई नरसंहार महासन्धि अन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई थप, गम्भीर र अपूरणीय क्षतिबाट जोगाउन अस्थायी उपायहरू लिन आग्रह गरेको छ ।

आइसिजे संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग हो । यो जुन १९४५ मा संयुक्त राष्ट्र चार्टरद्वारा स्थापित भएको थियो र अप्रिल १९४६ बाट आफ्नो गतिविधिहरु शुरु गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);