तीन वर्षमा १९ हजार ९१८ नागरिक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

तीन वर्षमा १९ हजार ९१८ नागरिक बेपत्ता

bepatta nagarik

काठमाडौं, ९ माघ । दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ ।
धेरै बेपत्ता हुनेमा महिला
बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । तीन वर्षको अवधिमा १० हजार २८३ महिला हराएका छन् । बेपत्ता हुने महिलाको संख्या ५४.३५ प्रतिशत छ । महिलापछि धेरै बालक हराएका छन् । यस अवधिमा तीन हजार १७९ बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वयस्क पुरुषको संख्या पनि धेरै छ । आर्थिक वर्ष ०७१\ ७२ देखि ०७४ \ ७५ सम्म मुलुकभरिबाट तीन हजार १३१ वयस्क पुरुष बेपत्ता भएका छन् । तुलनात्मक रूपमा बेपत्ता हुने बालिकाको संख्या भने केही कम छ । तीन वर्षमा दुई हजार ३२५ बालिका बेपत्ता भएका छन् ।

लुकेर बस्नेका कारण बेपत्ताको संख्या बढी
नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढिरहेको बताए । भेटिएकाले प्रहरीमा रिपोर्ट नगर्ने र लुकेर बस्ने भएका कारण बेपत्ता हुनेको संख्या बढ्न पुगेको उनको भनाइ छ । ‘तथ्यांक हेर्दा बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ । जब मान्छे हराउँछन्, तत्काल प्रहरीमा खबर गर्छन् । तर, भेटिएको खबर गर्दैनन् । कतिपय मान्छे आफैँ लुकेर बसेका हुन्छन् । विशेषगरी महिलामा यस्तो समस्या देखिन्छ,’ नेउपानले भने, ‘उनीहरू रोजगारका क्रममा कुनै पेसामा संलग्न हुन्छन् । तर, त्यो पेसा सार्वजनिक गर्न चाहँदैनन् । त्यसवेला उनीहरूले आफ्नो वास्तविक परिचय ढाँट्छन् । यसले पनि बेपत्ता हुनेको संख्या बढेको देखिन्छ ।’

बेपत्ता हुनेको संख्या १८ प्रतिशतले वृद्धि
प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि भएको छ । आव ०७३ ्७४ मा सात हजार २७८ सर्वसाधारण बेपत्ता भएका थिए । यो संख्या आव ०७२ \ ७३ को भन्दा १८.१५ प्रतिशतले धेरै हो । आव ०७२ /७३ मा पाँच हजार ९५७ बेपत्ता भएका थिए । आव ०७३्७४ मा अघिल्लो वर्षभन्दा एक हजार ३२१ बढी बेपत्ता भएका थिए । आव ०७१(७२ मा भने पाँच हजार ६८३ बेपत्ता भएका थिए । यो संख्या आव ०७२ \ ७३ भन्दा २७४ ले र आव ०७३(७४ भन्दा एक हजार ५९५ ले बढी हो ।

किन हुन्छन् बेपत्ता
प्रहरीका अनुसार फेला परेपछि प्रहरीलाई खबर नगर्ने, अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने र परिचय लुकाएर रोजगारमा संलग्न हुने गरेका कारण बेपत्ता हुनेको संख्या बढी देखिएको हो । प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार बेपत्ता हुनेमा महिलाको संख्या धेरै छ । धेरै मान्छे अवैध बाटोबाट वैदेशिक रोजगारमा जाने र परिचय लुकाएर बस्ने गरेको प्रहरीको भनाइ छ । ‘महिला अवैध रूपमा वैदेशिक रोजगारमा जान्छन् । यसको रेकर्ड कतै हुँदैन । धेरैजसो त आफन्तलाई ढाँटेर वैदेशिक रोजगारमा गएका हुन्छन् । उनीहरूका आफन्तले प्रहरीमा हराएको निवेदन दिन्छन् । पछिल्ला दिनमा यस्ता घटना धेरै भएका छन्,’ डिआइजी न्यौपानेले भने, ‘कतिपय महिला आफूले गर्दै आएको कामबारे खुलाउन चाहँदैनन् । उनीहरू आफ्नो परिचय ढाँटेर बसेका हुन्छन् ।’

डिआइजी न्यौपानेका अनुसार केही मानिस भने साँच्चिकै बेपत्ता हुन्छन् । विशेषगरी बालबालिकाको हकमा यस्तो हुन्छ । ‘उनीहरू कुनै न कुनै माध्यमबाट भारतका सर्कस, कोठीलगायत ठाउँमा बेचिन पुग्छन् । यसको रेकर्ड प्रहरीमा हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);