काठमाडौं, ९ पुस ||
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ । सनातन धर्मावलम्वीहरु सोमवार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए । बिरोध प्रदर्शनमा सहभागी भएकाहरुले मन्त्री किराँतीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए । उनीहरुले गैरजिम्मेवार मन्त्री राजिनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए ।
पर्यटनमन्त्री किराँतीको बर्खास्तीको माग गर्दै बिरोध प्रदर्शन
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
१२ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
१६ घन्टा अघि
नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव
१७ घन्टा अघि




