अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने ५ जना नाइकेहरू पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने ५ जना नाइकेहरू पक्राउ

काठमाडौं,१८ मंसिर । काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा घर भई ललितपुर बस्ने २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गा लिखु गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोसी गाउँपालिका–६ घर भई काठमाडौं कालोपुल बस्ने ४४ वर्षीय सेते कार्की, सल्यान कपुरकोट गाउँपालिका–५ घर भई काठमाडौं बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोट विदुर नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

Leave a Reply

ताजा समाचार