काठमाडौं,६ मंसिर । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मशाल जुलुस निकालेको छ ।
मंसिर ७ गते गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।
मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको बिरोध गरेका थिए । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।