लगानीकर्ता मिडियाप्रति जानकार नहुँदा समस्या आएका छन्ः विज्ञ दाहाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

लगानीकर्ता मिडियाप्रति जानकार नहुँदा समस्या आएका छन्ः विज्ञ दाहाल

काठमाडौं, ५ मंसिर । हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा बिस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । अहिले पनि टेलिभिजनको महत्व कम नभएको बताउनुहुन्छ भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहाल । उहाँले नेपाली टेलिभिजनमा प्रशारण हुने कन्टेन्टहरुको (विषयवस्तु) स्तर खस्केको बताउनु भयो । उहाँले कन्टेन्ट राम्रो भएसम्म टेलिभिजनको महत्व नघट्ने बताउनु भयो । उहाँले प्रशारणको शैली र आम दर्शकमा पुग्ने माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्व छैन भन्न नहुने बताउनु भयो । उहाँले मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नहुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको बताउनु भयो । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किन सक्ने हो भने टेलिभिजनको आवश्यकता झनै बढ्ने उहाँको भनाइ छ । नक्कल गरेर विषयवस्तु पस्किने प्रचलनले पछिल्लो समय सञ्चारमाध्यमको महत्व खस्किँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टेलिभिजनको महत्व अहिले पनि त्यत्ति नै छ, खालि स्क्रिनको साइज चेन्ज भएको हो । जति धेरै स्ट्रङ कन्टेन भयो, जति राम्रो कन्टेन भयो त्यति राम्रो हो । सूचनाले मनोरञ्जनसँगै जानकारी पनि दिनसक्ने र कतिपय अवस्थामा प्रमाणित जानकारी दिने गर्छ । टिभी भौतिक रुपमा नै स्क्रिनमा सबै कुरा देखाइदिने भएकाले सत्यताको नजिक पुग्ने माध्यम भयो । सिनेमालाई मान्छेको बैठक कोठासम्म ल्याउने काम टेलिभिजनले गरेको छ । अहिलेको अवस्थामा पनि टेलिभिजनको आफ्नै महत्व छ । अहिले यसमा प्रशारणको शैली फरक भएको छ, आम दर्शकमा पुग्ने माध्यम परिवर्तन भएको छ । हामी कहाँ मिडिया भाइब्रेन्सी छ । मिडिया खुला भएपछि प्रतिष्पर्धामा जाँदा त्यसको आधार, मूल्यांकन, क्षमताको आँकलन नै नगरी सबै दौडिएको जस्तो देखिन्छ । टेलिभिजन सञ्चालन हुनु पहिलाको जस्तो अब रहेन । एउटा कोठाबाट मात्रै पनि टेलिभिजन सञ्चालन हुनसक्छ । हाम्रोमा मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नभएको देखिन्छ । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किनुपर्छ । हाम्रोमा एउटाले एउटा कन्टेन निकाल्यो भने त्यस्तै कन्टेनहरु कपि गरेर राख्ने प्रचलन छ । हाम्रोमा राम्रो न्युज च्यानल नै बन्न सकेका छैनन् ।’

उहाँले टेलिभिजनको गुणस्तर उच्च बनाउनुपर्ने बताउनु भयो । उहाँले राम्रोसँग व्यवस्थापन हुनसके नेपालमा विज्ञापनको अभाव हुने अवस्था नरहेको बताउनु भयो । उहाँले नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने उद्योगप्रतिको इमान्दारिता पस्किनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नदेखेको बताउनु भयो । उहाँले राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेकाले पनि दर्शक अर्कोतर्फ गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै पाटो हेरेर न्युजलाई सेलेबल बनाउनुपर्छ । समाचारको गुणस्तर उच्च राख्नुपर्छ । विश्वमा यति धेरै सामग्रीहरु उत्पादन भइरहेका छन्, तिनको बजारीकरणका लागि विज्ञापन एउटा ठूलो आधार हो । हाम्रोमा विज्ञापनको अभाव हुनुपर्ने अवस्था देखिँदैन । हुन दिएको देखिन्छ । नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने त्यो उद्योगप्रतिको इमान्दारिता कति छ हेर्नुपर्छ । हाम्रोमा राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नै देखिँदैन । राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेको देखिन्छ ।’

उहाँले नेपालमा टेलिभिजनलाई मात्रै नभएर समग्र मिडियालाई नै हेर्ने दृष्टिकोण कमजोर हुँदै गएको बताउनु भयो । उहाँले आफ्नो स्वार्थका लागि मिडियाको प्रयोग गर्ने हो भने सञ्चारमाध्यमको भुमिका कमजोर बन्दै जाने बताउनु भयो । विज्ञ दाहालले पछिल्ला सरकारका निर्णय पनि आफ्नो बिरुद्धमा भएपछिको अवस्थामा लिइएको निर्णयले स्पष्ट हुने बताउनु भयो । उहाँले टेलिभिजन जस्तो सशक्त माध्यम कमजोर हुनु दुःखद् भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समग्र मिडियालाई नै हेर्ने दृष्टिकोण हामी कहाँ कमजोर हुँदै गएको जस्तो देखिन्छ । मिडियाको शक्ति, क्षमता र प्रयोग कसरी सकारात्मक रुपमा हुनसक्छ भन्ने धेरै जानकार देखिँदैन, त्यसकारण मेरो दुनो सोज्याउन प्रयोग हुन्छ भने ठिकै छ, होइन म माथि नै प्रश्न गर्न थाले यो ठिक भएन भन्ने मानसिकता बलियो रुपमा बढ्दै गएको छ । पछिल्ला सरकारका निर्णय र रबैया, उनीहरुका जवाफदेहीता यो माध्यमहरुसँग मेल खाँदैन । टेलिभिजन जस्तो सशक्त माध्यम कमजोर भएको देखिन्छ ।’

उहाँले सञ्चारमाध्यमलाई उपयोग गर्ने साधन मात्रै बनाउनु नहुने बताउनु भयो । उहाँले एउटा लगानी मिडियामा गर्ने र मिडियालाई प्रयोग गरेर अरुतिर लगानी गर्ने परिपाटि विकसित भएको बताउनु भयो । उहाँले सञ्चारमाध्यममा पारदर्शिता नभएको बताउनु भयो । उहाँले सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरुले पारिश्रमीक नपाएका घटना बाहिरएको भन्दै तलव पाउँछु की पाउँदिन भन्ने चिन्तामा रहेर सञ्चारकर्मीले राम्रा विषयवस्तु र समाचार सम्प्रेषण गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मिडिया उपयोग गर्ने साधन मात्रै देखिन्छ । एउटा लगानी मिडियामा गर्ने र मिडियालाई प्रयोग गरेर अरु लगानीतिर धेरै जसो आफूलाई सुरक्षित गर्दै लैजाने त्यो लगानी कर्ताको व्यवहार देखिन्छ । किनभने पछिल्ला समय मिडियामा आएको क्राइसिस लगानीको क्राइसिस सुक्ष्म रुपमा पनि अध्ययन गरेका छैनन् । मिडियामा पारदर्शिता छैन । अधिकांशहरुले तलव नै पाउँदैनन् । तलव पाउँछु की पाउँदिन भन्ने चिन्ता छ । कुनै न कुनै रुपमा मुद्दा पनि हालिरहनुभएको छ । राज्य उपेक्षित भएर रहन सक्दैन ।’

उहाँले मिडियामा हुने वैश्विक (ग्लोबल फण्ड वा बैदेशिक लगानी) लगानी नेपालमा धेरै नआउने बताउनु भयो । नेपालमा मिडियाको सबलीकरण गर्न आवश्यक रहेको बताउनु भयो । यसमा सरकार आगाडि आउन आवश्यक रहेको बताउनु भयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);